धरान : झापाको बाह्रदशी गाउँपालिका-४ लागुऔषध ब्राउनसुगर सहित २६ वर्षीय सल्मान आलमलाई प्रहरीले पक्राउ गरेको छ । फूलबारी प्रहरी चौकीको टोलीले मङ्गलवार राती आलमको घरमा छापा मारेर ७ ग्राम ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी नियन्त्रण रहेका आलमका बारेमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

यसै बिच विराटनगर-१४ आइसीपी सडक खण्डबाट प्रहरीले बेबारीसे अवस्थामा लागुऔषध गाँजा फेला पारेको छ । इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले राती को १७ प। ८६३ नम्बरको मोटरसाईकलमा रहेको झोला भित्र लुकाएको ४० केजी लागुऔषध गाँजा बरामद गरेको हो ।