इटहरी:घरासयी विवादमा इटहरी २० तरहराका एक युवकले आफ्नै श्रीमती र छोरीलाई खुकुरी प्रहार गरेर घाइते बनाएका छन् ।
श्रीमति र छोरीलाई खुकुरी प्रहार गर्ने तरहरास्थित तामाङ टोलका सोम बहादुर राईलाई प्रहरीले आज (बिहीबार) तरहराबाट पक्राउ गरेको छ । खुकुरी प्रहारबाट दुबै जनाको घाँटी र हातमा चोट लागेको प्रहरीले जनाएको छ । घटना मंगलबारको हो । घाइते दुवैको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
पक्राउ परेका राईलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलाईने प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिए । ‘मदिरा सेवा गरेर श्रीमान्, श्रीमतिबीच पटक–पटक झगडा भईरहने हुँदो रहेछ,’चौलागाईले भने,‘पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइसकेका छौ ।’

































































