विर्तामोड: पत्रकार सहारा उपचार कोषका लागि विर्तामोडस्थित आकाश गंगा बचत तथा क्रण सहकारी संस्थाले २१ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।
संस्थाको आठौँ वार्षिक साधारणसभाको अवसर पारेर सोमबार आयोजित एक कार्यक्रमकाबीच उक्त रकम बराबरको चेक पत्रकार महासंघलाई हस्तान्तरण गरेकये हो । झापाका पत्रकारहरुका लागि स्थापीत उक्त उपचार कोषमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेएको अध्यक्ष राजेन्द्र कुमार बस्नेतले जानकारी दिए । सोही कार्यक्रममा संस्थाका सदस्य यादव कुमार ओलीले पनि ओली परिवारका तर्फबाट पत्रकार सहारा उपचार कोषलाई ११ हजार १ सय ११ रुपैँया प्रदान गरेका थिए ।
साधारणसभामा झापा जिल्ला बचत तथा क्रण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी, पत्रकार महासंघ झापाका सह सचिव केशव भट्टराई, उद्योग वाणिज्य संघ विर्तामोडकी उपाध्यक्ष पार्वत गिरी, युवराज दाहाल, नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई लगायतले शुभकामना मन्तव्य राखेकय थिए । संस्थाका उपाध्यक्ष विशाल शिवाकोटीले स्वागत मन्तव्य राख्नुभएको साधारणसभामा डिल्ली कुमारी ओझा, मनु राजवंशी, कमला संग्रौला र संजय शाहलाई उत्कृष्ट बचतकर्ता र क्रणीका रुपमा पुरस्कृत गरीएको सचिव पर्शुराम बुढाथोकीले जानकारी दिए ।


































































