धरान : बराहक्षेत्र नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।
शुक्रबार करिब ११ बजेको समयमा बराहक्षेत्र नगरपालिका–३ नडाहा निवासी मैयाँ विक र पुजन विकमाथि हात्तीले आक्रमण गरेको हो।
आक्रमणबाट दुवै जना सक्त घाइते भएको बराहक्षेत्र ईलाका प्रहरी प्रमुख दिवस कुवरले जानकारी दिए ।घाइतेहरुको उपचारका लागि बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान पठाएको प्रहरी प्रमुख कुवरले बताएका छ्न ।घाइतेहरु नजिकैको जङगलमा दाउरा घाँस काटन गएका घाइतेका आफन्तले जानकारी दिए ।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो समय वन क्षेत्र नजिक मानव–हात्ती द्वन्द्व बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग प्रभावकारी नियन्त्रण र सुरक्षाको माग गरेका छन्।



































































