धरान : धरान वितरक संघको २०८२ देखि २०८५ सम्मको कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। हालै सम्पन्न संघको अधिवेशनबाट विजय मानन्धर अध्यक्षमा चयन भएका छन्।

उपाध्यक्षमा रामबहादुर श्रेष्ठ र विक्रम शर्मा चयन भएका छन्। यस्तै, सचिवमा प्रकाश विमली, कोषाध्यक्षमा नगेन्द्र खवास तथा सहकोषाध्यक्षमा अजय कुमार जयसवाल निर्वाचित भएका छन्। सहसचिवको जिम्मेवारी कविता लिम्बुले पाएकी छन्।

कार्यसमिति सदस्यमा सन्तोष अग्रवाल, नसरुद्दिन मियाँ, दिनेश (दुर्वासा) अधिकारी, चन्दन कुमार गुप्ता र रचना जैन चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष मानन्धरले संघको हितमा काम गर्दै वितरकहरूको हकहित संरक्षण, व्यवसायिक सुदृढीकरण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।