धरान : तत्कालीन धरान नगर पञ्चायतका पूर्व प्रधानपञ्च, पूर्व सञ्चार सहायक मन्त्री कृष्णकुमार राईको ८२ वर्षको उमेरमा आज आइतबार साँझ काठमाण्डौमा दुःखद निधन भएको छ ।

२०४६ सालको परिवर्तन पछि नेकपा एमालेको राजनीतिमा सक्रिय राई पछिल्लो समय काठमाण्डौमा  अवकाशको जीवन बिताइरहेका थिए । उनी एमालेका पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । त्यसअघि राई सुनसरी १ बाट २०७० मा  संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

नेकपा एमाले धरान उपमहानगर समिति अध्यक्ष हर्कजंग एभेङका अनुसार आफ्नै निवासमा हिँडडुल गरिरहेको अवस्थामा अचानक ढलेका राईको साँझ ५ बजेको समयमा निधन भएको बुझिएको छ ।