धरान : भारतीय राज्य मिजोरममा मङ्गलवार गएको भू-स्खलनमा परी २७ जनाको मृत्यु भएको छ । प्रदेश राजधानी आइजोलमा विनाशकारी पहिरो गएको हो ।

मिजोरम प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जालमा सार्वजनिक गरेको जानकारीमा भू-स्खलन 'रेलम तुफान' संर्ग भएको उल्लेख गर्दै २७ जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

पहिरोले विकाशका पूर्वाधारहरूमा पुर्‍याएको क्षतिका कारण प्रभावित क्षेत्रमा खानेपानी र बिजुलीको आपूर्ति प्रभावित भएको जनाएको छ। मिजोरमका मुख्यमन्त्रीले उद्धार र राहका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ निकासा गरेको छ। पहिरोमा मृत्यु भएका नागरिकको परिवारलाई ४/४ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने पनि उनले घोषणा गरेका छन् ।

प्रदेशमा  'रेलम' नामक चक्रवात तुफानका कारण भीषण वर्षा भइरहेको छ । मिजोरमका प्रदेश प्रहरी प्रमुख अनिल शुक्लले कैयौँ स्थानमा तुफानले विद्युत् खम्बा र रुखहरू उखेलेर उडाएको पाएको बताएका छन् ।

यसअघि अष्ट्र्रेलिया उत्तर स्थित मुलुक पपुवा न्युगिनीमा भएको भू-स्खलनमा ६५० बढी मानिस पुरिएको आशङ्का गरिएको थियो भने १००० बढी स्थानियबासी विस्थापित भएका थिए ।