धरान : अस्ट्रेलिया उत्तर स्थिति टापु देश पपुवा न्युगिनीमा शुक्रवार भएको भू-स्खलनको ३ दिन पछि आइतबार पनि उद्धार हुन नसक्दा ६७० भन्दा बढी पहिरोले पुरिएको अवस्थामा रहेको आशङ्का गरिएको बीबीसीले जनाएको छ ।
पपुवा न्युगिनी स्थित राष्ट्रसङ्घीय एजेन्सी इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन प्रमुख सेरहान आक्तोप्राकले भने ‘देशको सुनुर एन्गा प्रान्तमा शुक्रवार भएको भूस्खलनबाट गएको पहिरोको विनाश अनुमान गरेभन्दा धेरै हुनसक्छ ।’
भूस्खलन भएको क्षेत्रमा ४ हजारको सङ्ख्यामा बसोबास थियो । घटना लगत्तै १ हजारको सङ्ख्या विस्थापित भइसकेका छन् । १५० भन्दा धेरै घर भूस्खलनको पहिरोमा पुरिएको अनुमान गरिएको छ ।
अस्ट्रेलियाली उद्धार एजेन्सी अनुसार उक्त क्षेत्रमा आदिवासी समुदाय बसोबास गर्दछन् । छिमेकमा हुने आदिवासी बिचको सङ्घर्षबाट जोगिन आश्रय लिन आउनेहरू पनि धेरै भएकोले त्यहाँ बसोबास सङ्ख्या ४ हजार भन्दा बढी हुने अनुमान एजेन्सीको छ ।
एन्गा प्रान्तको पहाडी भेग स्थित क्षेत्रको बालीनाली लगाउने कृषि भूमि पूर्ण रूपमा धसिएको छ । केही भागमा भूस्खलनबाट गएको ढुङ्गा, माटो, रुख, झार जङ्गलको पहिरोको थुप्रो २६ फुटको उचाइ सम्म थुप्रिएको छ ।
भूस्खलन क्षेत्रमा अहिले अस्ट्रेलियाली राहत एवं उद्धार एजेन्सी केयर अस्ट्रेलियाले उद्धार कार्य गरिरहेको छ ।
भूस्खलन शुक्रवार राती स्थानीय समय अनुसार ३ बजे भएको थियो । त्यसबेला अधिकांश घर घरमा निदाई रहेका थिए । केयर अष्ट्रेलियाका प्रवक्ताले भने ‘भूस्खलनको पहिरोमा मर्नेको ठिक सङ्ख्या अहिले भन्न सकिने अवस्था छैन, यकिन गर्न समय लाग्न सक्छ।’
आइतबार सम्ममा ५ जनाको शव मात्र निकाल्न सकिएको थियो । एन्गा प्रान्त सम्म पुग्ने एउटा मात्र राजमार्ग छ । उक्त राजमार्गमा पहिरोले अवरुद्ध गर्दा उद्धार र राहतको कार्य अघि बढाउन कठिनाइको सामना गर्न परेको केयर अस्ट्रेलियाले जनाएको छ ।

        
                    
        
                                        
        
        
        
















        
        
















































