धरान : धरान-५ स्थित बिच देउराली, फोक्लान टापुका रोजे भनिने रोजन विश्वकर्माले मोहन विश्वकर्मालाई खुकुरी  प्रहार गरेका छन् ।

शुक्रवार साँझ ८ बजेको समयमा घरमै रहेको अवस्थामा मोहनलाई रोजेले खुकुरी प्रहार गरेका थिए ।

घाइते मोहनको खप्परमा चोट लागेको छ भने उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले बताए ।

घाइते मोहनको अवस्था सामान्य रहेको डिएसपी राईले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

रोजे प्रहरी कार्यालय धरानमा नियन्त्रणमा रहेका छन् घटना के कारण  भएको हो थप अनुसन्धान आउन बाकी रहेको डिएसपी राईले बताए ।