ईलाम: ईलामको सन्दकपुर गाउँपालिका १ झ्याउपोखरीका ४२ बर्षीय बुद्धविर राईले आफ्नै दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् ।

बुद्धविरले आफ्ना ६४ बर्षीय बिष्णु राईलाई खुकुरीले प्रहार गरी घाईते बनाएका थिए । त्यसपछि उनी आफु झुण्डिएर आत्महत्या गरेका छन् । आज बिहान साँढे १० बजेको समयमा आफ्नै बारीमा घाँस काटिरहेका दाजु बिष्णुलाई एक्कासी कन्चटमा खुकुरी प्रहार गरेर बुद्धविरले घाइते बनाएका थिए । त्यसपछि उनी फरार भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी बन्दुकेबाट प्रहरीको टोली खटिएका थिए । प्रहरीले घाईतेलाई उद्दार गरी उपचारको लागि झापा पठएको थियो भने खुकुरी प्रहार गरी फरार बुद्धविरलाई घटनास्थल नजिकै रहेको गोगुनको रुखमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ईलामको प्रहरी टोलीले थप अनुसन्धान लगायत कानूनी प्रकृया गरीरहेको उक्त कार्यालयले जनाएको छ ।