धरान : लागुऔषधको मुद्दामा झापा जिल्ला अदालतले दोषी ठहर गरी कैद सजाय तोकेको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी सजाय भुक्तानका लागि मङ्गलवार कारागार चलान गरेको छ ।

पक्राउ गरिएका फरार अभियुक्त झापाको बुद्धशान्ती गाउँपालिका-१ का ५२ वर्षीय यादवराज पौडेल भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पौडेललाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको २०७९ फागु ११ गतेको फैसलाले पौडेललाई दोषी ठहर गर्दै १ महिना ३ दिन कैद तोकेको छ । फरार रहेका पौडेललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।