धरान : धरानबाट रिजर्भमा पोखरा गएको ग १ ख ७८९५ बस तनहुँका दमौलीमा दुर्घटना भएको यातायात व्यवसायी महासङ्घ कोसी प्रदेश संयोजक सरोज श्रेष्ठले बताएका छन् ।

धरानबाट पोखरा चल्ने बस आज बुधवार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको समाचार सञ्चार माध्यममा आएपछि उक्त बस धरान-पोखरा नियमित आलोपालोमा चल्ने नभई छुट्टै रिजर्भमा धरानबाट पोखरा गएको उनले बताए ।

दुर्घटनामा धनकुटा सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षीय टोपबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टि गरेको राससको समाचारमा उल्लेख छ ।

संयोजक श्रेष्ठका अनुसार धनकुटा जिल्ला साँगुरीगढीका युवाहरूको एक समूह रिजर्भमा उक्त बसमा पोखरा गएका थिए । उनका अनुसार नियमित आलोपालोको बस पोखरा पुराउन एकतर्फी रिजर्भ गर्दा महँगो पर्ने भएकोले अन्य स्थानबाट पोखरा फर्कने बस एक तर्फी रिजर्भ गरिएको हो । नियमित बस नभएकाले यात्रीहरूको विवरण बुकिङ काउन्टरमा नभएको उनले बताए ।

राससको समाचारमा घाइतेहरू धेरै धनकुटा साँगुरीगढीका युवाहरू रहेका छन् । घाइतेहरूमा सागुरीगढी-८ का २८ वर्षीय विक्रम राई, ताप्लेजुङ याङ्बरक-६ का २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा साँगुरी गाउँपालिका-७ का ४२ वर्षीय रामप्रसाद राई, साँगुरीगढी-९ का ३८ वर्षीय सन्तोष कुमार राई, साँगुरीगढी-८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तीर्थबहादुर राई, ५० वर्षीय लक्षु राई, २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राई, धनकुटा साँगुरी-७ बका ४५ वर्षीय हरिशचन्द्र राई छन् ।

त्यस्तै धनकुटा सावरी-७ का ३० वर्षीय हमालप्रसाद राई, २९ वर्षीय सन्दिप राई, ३५ वर्षीय लखमन राई, धनकुटा साँगुरीगढी-७ का ४५ वर्षीय सविन राई, ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय विजय राई, ४१ वर्षीय मनिराज राई,  ४९ वर्षीय आश राई, ४६ वर्षीय तीर्थ राई, ४८ वर्षीय उदेश राई, ४२ वर्षीय सीताराम घाइते, ५२ वर्षीय शत्रुघन राई, २१ वर्षीय किरण राई, धनकुटा चौबिसे-७ का २४ वर्षीय सांसद लिम्बू, ४१ वर्षीय प्रशान्त राई, ४७ वर्षीय जयकुमारा राई छन् । उनीहरूको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये धनकुटा बाहेकका सहचलक पोखराका ३० वर्षीय अजित परियार, पोखराका ३१ का ४१ वर्षीय भोजराज सुनार, सप्तरी महादेव-६ का २५ वर्षीय शम्भु यादव, बस चालक प्युठान सरुमहारानी-५ का २३ वर्षीय होमलाल पल्ली मगर, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, सप्तरी महादेव-६ का २३ वर्षीय विवजय यादव, १४ वर्षीय सुमन यादव पनि छन् । सप्तरी महादेव-६ का १५ वर्षीय प्रीति यादव भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।