वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन बाटोको ट्र्याक खोल्ने कार्य सुरु गरिएको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर कोरिडोरबाट मोटर बाटोले जोडन ट्र्याक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधवार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् ।

वडा नं १ का अध्यक्ष किसन मगर, सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोले सहितको टोली, स्थानिय वडा सदस्यहरू, प्राविधिक सहित बाटोको ट्र्याक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार्कीलाई स्थानिय वराहक्षेत्र मन्दिरवासी, वडावासीसँगै बाक्सिङटार, सिलपाखाका स्थानीयले सहयोग समेत गरेका थिए ।

एक महिना अगाडि नगरपालिकाका प्राविधिक लिएर नगर प्रमुख रमेश कार्की र वडा नं १ का अध्यक्ष किसन थापा मगर मोटर बाटोको ट्र्याक खोल्ने कार्यको अध्ययनका लागि गाउँमा आएर फर्कनु भएको थियो । 'हाम्रो समस्या बुझेर उहाँहरू बुधवार ट्र्याक खोल्ने कार्यको लागि श्रमदान अभियान लिएर आउनु भयो हामी पनि सहभागी भएउ', स्थानिय विक्रम (देवचन्द्र) राईले बताए ।

उनले भने,'गाउँको विकासमा जोडिन पाइयो खुसी लागेको छ । श्रमदान अभियानसँगै नगरपालिकाले विनियोजन भएको बजेटको सही सदुपयोग गरेर बाटो निर्माण हुनेछ । हामी पनि श्रमदान अभियानमाबाट काम गर्ने छौ । बुधवार प्राविधिक सहित वडा अध्यक्ष र नगर प्रमुख गाउँमा मोटर बाटो पुर्याउने योजना सहित ट्र्याक खोल्न श्रमदानमा आउँदा खुसी लागेको छ । अब चैँ हाम्रो समस्या समाधान हुन्छ जस्तो लागेको छ । नगर प्रमुख आफै प्राविधिक लिएर मोटर बाटोको लागि ट्र्याक खोल्ने योजना लिएर आउँदा हामी धेरै खुसी छौ ।' हामी पनि श्रमदान गरेऊ उन्नले भन्ने ।

दुई टोलमा गरेर करिब ३० घर रहेको उक्त गाउँ वराहक्षेत्र नगरपालिको सिरानमा रहेको छ । वराहक्षेत्र मन्दिरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा मोटर बाटो पुर्याउने योजना अनुसार ट्र्याक खोल्न सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीले भने,"मोटर बाटोको ट्र्याक खोल्न स्थानीयहरूको सहभागितामा भएको छ । नगरपालिकाले १० लाख समेत उक्त योजनामा राखेका छौ । योजनालाई सफल र जनसहभागिताकारलागि श्रमदान अभियान सुरु गरेका हौँ ।दसैँ अगाडि नगरका प्राविधिकहरूले निरीक्षण गरेका थिए । प्राविधिकहरूको अध्ययन पछि ट्र्याक खोल्ने काम सुरु गरेका हौ । अभियानमा स्थानिय जनप्रतिनिधि, वडावासी, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयहरूको सहभागिता रहेको छ ।"

साबिक वराहक्षेत्र गाविस वडा नं ९ को पुरानो गाउँ भए पनि मोटर बाटो अहिलेसम्म गाउँमा नपुगेका कारण धेरै कुराको असुविधा हुने गरेको श्रमदान अभियानमा आएका ७१ वर्षीय बालकुमार राईले बताए । वर्षौँदेखि बाटोको पर्खाइमा रहेका हामीलाई अब चैँ बाटो आउने कुराको विश्वस्त भएका छौ । नगर प्रमुख वडाध्यक्ष लाग्नु भएको छ । हामी पनि लागि परेका छौ ।

विद्यालय जान, अस्पताल जान, गाउँमा उत्पादन भएका कृषि उत्पादन बिक्री गर्न मोटर बाटो नहुँदा धेरै नै असहज भई राखेको स्थानिय बलेसिह राईले बताए । उनी भन्छन्  पुरानो गाउँ भएपनि हालसम्म मोटर बाटो नपुगेको र नगर प्रमुख मोटर बाटो पुर्‍याउन सक्रिय हुनु भएको भन्दै खुसी समेत भएको बताए ।

silpakha 3

silpakha 2