धरान : बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा कोरोना नेपालमा बिहीबार थप ४७३ जनामा कोरोना संक्रमण देखिएको हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको बताए ।
कोरोना संक्रमित मध्ये १२ हजार ६ सय ३६ जना पुरुष र १ हजार ८ रय ८३ जना महिला छन् ।


































































