धरान : धरान १४ विजयपुरको झोलुङ्गे पुल छेउमा बस्ने विशेष राई ट्वाइलेटमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
ट्वाइलेटमा पिसाब फेर्न गएका राई लामो समय बित्दा पनि ननिस्केपछि बाथरुममा भित्रबाट चुकुल लगाएको र भर्याङ चढी हेर्दा राईले डोरिको पासो लगाएर झुन्डिएको अवस्था फेला परेको मृतककी श्रीमती विमला राईले जानकारी दिएन ।
राईले यस भन्दा अघि पनि रूखमा पटक पटक झुन्डिएर आत्महत्याको प्रयास गरेको विमलाले बताइन । 
घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा एक प्रहरी टोली आई घटनास्थलको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको धरान प्रहरीले जानकारी दिएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































