धरान : सुनसरीमा पछिल्लो पटक थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुनसरी जिल्लाको हरी नगर क्वारेनटाइनमा बस्ने २ जना र रामधुनीको क्वारेनटाइनमा बस्ने १ जना गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 
पछिल्लो थपिएका ३ जना सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४६ पुगेको छ ।
बिहीबार थपिएका सबै जान क्वारेनटाइनमै बसेका पुरुषहरू रहेको बताइएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































