धरान : लिम्बू भाषा–संस्कृतिमा निर्माण भएको फिचर फिल्म ‘नुमाहाङ्मा’ उत्कृष्ट चलचित्र घोषित भई दोस्रो याक्थुङ सिने इन्टरनेशनल अवार्ड विजेता बनेको छ ।
‘नुमाहाङ्मा’ निर्देशक नियारा रुद्राङ उत्कृष्ट चलचित्र निर्देशक घोषित भएको छन् । याकथुङ चलचित्रकर्मी संघव्दारा शनिवार धरानमा आयोजिते याक्थुङ सिने अवार्ड इन्टरनेशनल समारोहमा अवार्डको घोषणा भएको हो ।
उत्कृष्ट अभिनेता सेम्फुङका बबिन आसुदुङ्बे घोषित भएका छन् । उत्कृष्ट अभिनेत्री चलचित्र ‘रीत’की गिमाला खाजुम विजेता घोषित भइन् । उत्कृष्ट चरित्र अभिनेतातर्फ दुर्गा सेलिङ, उत्कृष्ट चरित्र अभिनेत्री अल्मिथ गस्ताङ्ग फुर्जुम्बा चयन भइन् ।
सर्ट फिल्म श्रेणीमा ‘तङ्सङ’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको छ । सोही फिल्मल्का निर्देशक सागर केरुङ उत्कृष्ट निर्देशक भए । उत्कृष्ट अभिनेता नायक ‘अङ्गा’का तीर्थ लिम्बु र उत्कृष्ट अभिनेत्री ‘ताङ्िसङ’ की लाज्मी योङहाङ घोषित भइन् ।
‘मिन्जिरे सौगात’ उत्कृष्ट पालाम म्युजिक भिडियो घोषित भएको छ । उत्कृष्ट पालाम गायक मिहिरेन सेप्माङ, उत्कृष्ट पालाम गायिका मुकुमलुङ तथा उत्कृष्ट मोडल (पालाम) फाइनल लिम्बु सेम्मुई ताजेङ चयन भएका छन् ।
‘मयाङ्घा आइराम’ उत्कृष्ट याक्थुङ म्युजिक भिडियो घोषित भएको छ । उत्कृष्ट गायक बबिन शेर्मा, उत्कृष्ट गायिका तुलसा कुलुङ तथा उत्कृष्ट मोडल मौसम लिम्बु घोषित भएका छन् ।
याक्थुङ चलचित्र सङ्घका अध्यक्ष नवीन मेन्याङ्बोले दोस्रो याक्थुङ सिने अवार्ड इन्टरनेशनलका लागि लिम्बू भाषा–संस्कृतिमा बनेका २९ वटा सिर्जना मनोनयन सूचीमा परेको यसअघि सार्वजनिक गरिएको बताए ।
मनोनयनमा परेका फिचर फिल्म ९, लघु चलचित्र २, याक्थुङ गीत तथा म्युजिक भिडियो ३, याक्थुङ पालाम म्युजिक भिडियो १५ वटा थियो । मनोनयन सूचीमा परेका फिचर फिल्महरू मिम्जिफुङ, सेमिफुङ, सेम्फुङ, नुमाहाङ्मा, लाम्डेडमा, भिमलेन फुङ, नाम ओती, रीत, थिम थिए ।
लघु चलचित्रतर्फ तडसिङ,आडगा रहेका छन् भने याक्थुङ गीत सङ्गीत भिडियोतर्फ सिराप धाम, मुयेदसा एरमा, मिम्बी थिए ।
याक्थुङ पालाम म्युजिक भिडियोतर्फ ताप्लेजुङे थाडवेन्हा, एनिया बारो, मुकुम्फुङ, ताम्बुदचा, तेरआ वेले, सेम्मुई ता जेड, आन्चेनवा मिमजिड, बरुम्हाङ, मामजाबुङ्गे तेरेवेन, फुड सरी सदसाङ, फाक्टाकलुङ, मुकुम्लुङ, खाम्बेक फुङ, मिम्बजिरेड सेफाङ प्रतिस्पर्धामा थिए ।
समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणि पराजुली र धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले विजेताहरूलाई अवार्ड प्रदान गरे ।
वरिष्ठ कलाकार याशेली योङ्हाङ, वरिष्ठ लोकगायक खगेन्द्र याक्सो, निर्देशक–कलाकार विजय संयोक लिम्बू, वरिष्ठ कलाकार प्रेम सुब्बा, गीतकार अम्बिका सम्बाहाम्फे समारोहमा उपस्थित थिए ।