इटहरी : नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले १६५ क्षेत्रमै निर्वाचन परिचालन संयोजक तोकेको छ । आगामी फाल्गुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागी सम्पूर्ण क्षेत्रमा संयोजक तोकिएको हो । 
नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन नेबिसंघलाई परिचालन गरिएको बताइएको छ । सोही अनुसार सुनसरीका चारवटै क्षेत्रमा संयोजक तय भएका छन् । 
सुनसरी १ मा विज्ञान लिम्बुलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने २ मा सुमनबाबु बस्नेतले परिचालनको कमान्ड सम्हाल्ने भएका छन् । नेबिसंघ जनता बहुमुखी क्याम्पसका इकाई समिति सभापति बस्नेतले राजीव कोइरालालाई विजयी गराउन नेबिसंघ परिचालन गर्न लागेका हुन् । 
सुनसरी ३ मा विजय कुमार गच्छदारलाई विजयी गराउन सुवास चौधरी र ४ नम्बरका ज्ञानेन्द्र बहादुर कार्कीलाई जिताउन प्रज्वल विष्टलाई परिचालन गरिएको छ । 
नेविसंघले विधान २०२७ (२०७५) को धारा १२ (५) बमोजिम फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्न निर्वाचन परिचालन समिति बनाइएको हो।