धरान : जेन–जी युनाइटेड मुभमेन्टले धरानमा मंसिर ६ गते शनिवार कोणसभा आयोजना गर्ने भएको छ । जेन–जी धरानले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।
संयोजक तारा श्रेष्ठले कोणसभा मुलुकमा भ्रष्टाचार विरुद्धको अभियान नयाँ चरणमा सुरु भएको, घाइतेको निःशुल्क उपचारको माग र राजनीतिक अस्थिरता अन्त्य गर्न घोषित मितिमा चुनाव गर्न दबाब स्वरूप देशव्यापी कोण सभा हुने बताए ।
कोणसभा अघि जेन–जी र्याली प्रदर्शन गरिने छ । र्याली छाता चोक हुँदै धरान नगरपालिका, पानी ट्याङ्की, पुतलीलाईन हुँदै भानुचोकमा कोण सभामा परिणत हुनेछ । सभामा देशभक्ति गीत, नृत्य र नाटक प्रस्तुत गरिने छ ।
सोही दिन जेन–जी शहीद घोषणा र घाइतेको निःशुल्क उपचारका लागि प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रिय मानव अधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापन पत्र बुझाइने छ ।
राजनीतिक भ्रष्टाचार, सार्वजनिक सेवामा पहुँचको अभाव र शिक्षा, स्वास्थ्यको व्यापारीकरण, बेरोजगारीले देश गम्भीर सङ्कटमा परेको कारण भदौ २३ र २४ गते जेन–जी विद्रोह भएको बताइएको छ । घट्नामा ७६५ जनाको मृत्यु र अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको मुभमेन्टले जनाएको छ ।
आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा चुनाव घोषण गरेको छ । शहीद र घाइतेको सपना अझै पूरा गर्न जेन्जी युनाइटेड मुभमेन्टले देशव्यापी एकताको अभियान जारी राख्ने जनाएको छ ।


































































