वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तिर्थ वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात् हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस वर्ष कात्तिक १५ गते शनिवार एकादशीको दिनबाट सुरु भई कात्तिक १९ गते बुधवार पूर्णिमाको दिनसम्म गरेर ५ दिन आयोजना हुने वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उक्त मेला नगरपालिका र वडा कार्यालयको समन्वयमा वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको छ ।

मेलाको लागि मन्दिरमा रङ्ग रोगन , कोसी नदीमा स्नान घाटको व्यवस्थापन , विद्युत्, बजार व्यवस्थापन खानेपानी लगायत मेलाकालागि आवश्यक सम्पूर्ण तयारी पूरा र केहीको अन्तिम चरणमा पुगेको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेले बताए ।

भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, उज्यालो कोलागि बिधुत लगाइने,मेलाकाकोलागि बगर सम्याउने, रंङगाउने , मन्दिर श्रृगार्ने र नियमित सरसफाई समेत गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । मेलालाई व्यवस्थित र आक्रषित गर्न नगरपालिकाले काम गरी राखेको नगर प्रमुख कार्कीले बताए ।

भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्ति क्षेत्र र वराहक्षेत्र लाई संसारको चार धामको रूपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तीर्थयात्री आउने गरेका छन् । यस वर्ष मेला भर्न चारदेखि पाच, लाख तिर्थालु मेला भर्न आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठले बताए । हरिबोधिनी एकादशी मेलामा भारत लगायतका देशमा भक्तजनहरू आफ्नो भाकल पूरागर्न आउने ,विवाह वा नयाँ काम गरे वराहक्षेत्र मन्दिरमा दर्शन गर्न आउने त्यस्तै मनोकाङ्क्षा पूरा हुने विश्वासले मेलामा भक्तजनहरू परापुर्वक काल देखिनै आउने गरेको वराहक्षेत्रका पण्डित योगेश वराहक्षेत्रले बताए ।