इनरुवा : प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभाव पार्न सामाजिक सञ्जालमा झुट्टा अफवाह फैलाएको अभियोगमा इनरुवा-३ महेन्द्रचौकका २७ वर्षीय रामचन्द्र ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई ‘रामचन्द्र ठाकुर’ नामको फेसबुक आइडीबाट भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफवाह फैलाएकोमा नेपाल प्रहरी प्रधान कार्यालये साइबर ब्युरो, काठमाडौँको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।
एसपी थेबेले निर्वाचनको बेला संवेदनशील विषयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सूचना नफैलाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।






























































