धरान : जेनजी आन्दोलनको बारेमा बिबिसीले सार्वजनिक गरेको रिपोर्ट वास्तविक योजनाकारलाई ढाकछोप गर्न तयार गरिएको रिपोर्ट भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बताएका छन् ।
उनले बिबिसी सहितका सञ्चार माध्यमले जेनजीको आन्दोलनलाई ‘स्व स्फूर्त जनआन्दोलन’ का रूपमा चित्रण र व्याख्या गरे पनि त्या आन्दोलन बालेनले डिस्कोर्ड प्रयोग गरेर योजनाबद्ध षड्यन्त्र गरेको बताए ।
साम्पाङले भने ‘बालेनको योजनामा ‘तेलले भिजाएर, सलेदो बालेर, पूर्व तयारी सहित बोतल बम प्रहार गरिएको थियो ।’ यस्तो काम सामान्य प्रदर्शनकारी वा स्कुले विद्यार्थीले गर्ने सम्भावना नभएको उनको भनाई छ । 
सिंहदरबार जस्तो संवेदनशील र उच्च सुरक्षा संरचनामा भएको आगजनीको षड्यन्त्रलाई बिबिसीले ढाकछोप गरेको आरोप उनले लगाएका हुन । 
धरानमा आज शुक्रवार आयोजित पार्टीको चुनावी सभामा उनले भने ‘आन्दोलन बाहिरबाट ‘फन्डिङ’ आएको थियो कि थिएन, योजनाबद्ध रूपमा सञ्चालित थियो कि थिएन भन्ने विषय स्पष्ट गरिएको छैन ।’
सभामा उनले धरानबाट उम्मेदवार भएकाहरू मध्ये आफू मात्र प्रधानमन्त्रीको उम्मेदवार भएको बताए । उनले भने ‘प्रधानमन्त्री बन्न पार्टीको अध्यक्ष हुनुपर्छ म अध्यक्ष हुँ त्यसैले मलाई भोट दिनुस् ।’ 
साम्पाङले उनका प्रतिस्पर्धी उम्मेदवारहरूलाई होच्याउँदै आलोचना गरे । एमाले उम्मेदवार टीका लिम्बुलाई भोट दिएर केही हुँदैन, उनी जितेर गए कुनामा बसेर ताली पिटने अनि ओलीलाई प्रधानमन्त्री बनाउने मात्र हो, उनको काम छैन । 
नेपाली काँग्रेसका उम्मेदवार सुजेन्द्र गोले तामाङका बरेमा पनि उनले उनलाई पनिलाई भोट हालेर फाइदा छैन । उनी कुना बसेर दुनामा खाने मात्र हो । उसले पनि जितेर गएमा बाख्रा बेची खाने गगन थापालाई प्रधानमन्त्री बनाउने हुन । 
नेकपाका उम्मेदवार मनोज भट्टराईको नाम लिँदै उनले भने ‘अर्को उम्मेदवार छ नि फुर फुर गर्ने मनोज भट्टराई त्यसको पनि काम छैन, त्यसले पनि जित्यो भने प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो ।’
रास्वपाकी सरिनको बारेमा भने ‘अर्को छ टिङलिङ,टिङलिङ,टुङ टुङ गर्दै आउँछ सरिन कि के भन्ने उसले पनि रबि लामिछानेलाई प्रधानमन्त्री बनाउँछ ।’ त्यो रवि लामिछानेको कम्ता मुद्दा छ । 
अमेरिकामा पनि मुद्दा छ जता गयो तेतै मुद्दा छ अनि प्रधानमन्त्री हुन्छ रे अनि सहकारीको पोईसा फिर्ता गर्छ रे कहाँ बाट ल्याउँछ पोईसा भनी उनले बताए ।
बालेनको आलोचना गर्दै साम्पाङले भने ‘अनि अर्को छ प्रधानमन्त्री बन्छु भन्दै हिडछ, अन्धा जस्तै टिङलिङ,टिङलिङ,टुङ टुङ घण्टी बजाउँदै कालो चस्मा लगाएर हिडछ, अलिकति रिस उठ्यो सिंहदरबार जलाउँछु भन्छ ।’
बालेनले जेनजीलाई उफारेर आन्दोलन गरेर गराएर सिंहदरबार जलायो देशका कार्यालय र सबै तिर जलाउने उसैको हात छ, उनले भने । साम्पाङले थपे ‘नक्कली आईडी बनाएर डिस्कोर्ड बाट देश जलायो अनि डिस्कोर्डबाटै सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो ।’
बालेनले सुरक्षाकर्मीलाई सुरक्षा दिनुपर्ने अवस्थामा जिउँदै जलाएको पनि साम्पाङले आरोप लगाउँदै भने ‘त्यस्तोले देश बनाउँछ ?’
विपक्षीहरूलाई गाली,गलौज गर्दै एक घण्टा बिताएका साम्पाङले अन्त्यमा भने ‘म त पार्टीको अध्यक्ष पो हु यहाँबाट जितेर जाने बित्तिकै प्रधानमन्त्री बन्न सजिलो छ ।’
harke-party 2