धरान : सुनसरी जिल्लालाई सीमा क्षेत्र कायम गरी आज बुधवार साँझ ५ बजे देखी भोली बिहीबार बिहान ६ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालयले कफ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी भएको हो ।

कर्फ्युको अवधिमा सुनसरी जिल्ला सीमा क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

आदेशको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने जनाइएको छ ।

cerfue