धरान : मुलुकमा विषम परिस्थिति आएपछि हिजो मङ्गलवार राती १० बजे देखी सुरक्षा व्यवस्थामा परिचालन भएको नेपाली सेनाले ७ घण्टा भित्र आगजनी, लुटपाट, विध्वंसात्मक, अराजक र उछृंखल गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ ।

नेपाली सेनाले जनाए अनुसार काठमाण्डौँको गौशाला, चाबहिल, बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूसँग  ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।खराबाट ८ नाल सहित विभिन्न किसिमका हतियार ३१ नाल र म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । २३ जना घाइते नेपाल प्रहरी ३ जना सर्वसाधारण नागरिकहरूको सैनिक सैनिक अस्पतालहरूमा उपचार गरिएको छ । आगजनी गरिएका स्थानहरू ३ वटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको छ ।

मुलुकमा विषम परिस्थिति आएपछि भदौ २४ गत रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू परिचालन भएको हो ।

सेनाले सुरक्षा व्यवस्था कडा बनाई काठमाडौँ लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरू नियन्त्रण गरिरहेको छ ।