धरान : धरान उपमहानगरपालिकामा चालु आर्थिक वर्ष समाप्त भएको बेला योजना सम्पन्न भई भुक्तानीका लागि लेखा शाखामा पुगेको फायलहरूको बारेमा विवाद उत्पन्न भएको छ ।
नगर प्रमुख साम्पाङले असार १६ गते लेखा शाखाबाट ३५ देखि ४० वटा फायल आफ्नो कब्जामा लिएको शुक्रवार उपप्रमुख अईन्द्र विक्रम बेघाले आरोप लगाएका थिए ।
उक्त फायलहरू योजना सम्पन्न भई लेखा प्रक्रिया पुरा गरी भुक्तानीका लागि लेखा शाखामा थियो । 
सोही फायलहरूका बारेमा आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघा सहित २९ जना कार्यपालिका सदस्यहरूले प्रमुख साम्पाङलाई कार्यकक्षमा लिखित ध्यानाकर्षण पत्र बुझाएका छन् । 
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख साम्पाङले भने फायल हेर्ने अधिकार मेरो पनि हो,फायल हेर्न पाउनु पर्छ भुक्तानी दिने अधिकार नगरप्रमुख र उपप्रमुख सहित कुनै पनि जनप्रतिनिधिको नभएको बताउँदै भने ‘भुक्तानी दिने भए सबैको दिनुपर्छ नत्र कसैको हुँदैन ।’
प्रमुख साम्पाङले भने ‘धरान–१६ को फायल प्रमुख प्रशासकीय अधिकृतले किन रोक्यो ? त्यसको जवाफ चाहियो मलाई ।’
फायल प्रशासकीय अधिकृतले रोकेको बताउँदै उसैले जान्दछ भन्ने उनको भनाई थियो ।
उपप्रमुख सहित वडाअध्यक्षहरुको लेखाबाट फायल किन अपहरण गर्नु भयो ? भनी प्रश्न गरेका थिए । प्रमुख साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको कुरालाई ‘एउटा पत्र’लेखेको छु त्यसको उत्तर दिएपछि भुक्तानीको सबै काम अगाडी बढने बताए ।
प्रमुख प्रशासकीय अधिकृतले पत्रको जवाफ नदिए सम्म भुक्तानीको काम नहुने संकेत गर्दै नगर प्रमुख साम्पाङले भने ‘प्रशासकीय अधिकृतले दिन्छ होला नि त पत्रको आधिकारिक उत्तर, पत्रको उत्तर आएको छैन केही हुँदैन ।’
उपप्रमुख सहित वडाअध्यक्षहरुले भने पर्सी ‘असार २४ गते रातको १२ बजे भित्र भुक्तानी नदिए मेयर साव आफै जिम्मेवार हुनु पर्छ ।’ भन्दै नगरप्रमुख कार्यकक्षबाट निस्किएका थिए । 
ध्यानाकर्षपत्रमा चालु आर्थिक वर्ष २०८१/०८२मा धरान उपमहानगरपालिकामा संघ,प्रदेशबाट प्राप्त सशर्त सहितका योजनाहरू समेतका सम्पन्न योजनाहरूको प्रक्रिया पुरा भई भुक्तानीका लागि लेखामा पुगेको फायलहरूआफ्नो मातहतमा ल्याउँदा बजेट फ्रिज हुने अवस्थामा पुगेको उल्लेख छ ।
बजेट फ्रिज भएमा सघ तथा प्रदेशबाट पुनः सोही शीर्षकमा बजेट प्राप्त नहुने र उपमहानगरपालिकामा ठुलो दायित्व सृजना भई तुलो आर्थिक संकट ल्याउने कुरामा ध्यानाकर्षण गराइएको छ ।
पत्र बुझाउँदै उनीहरूले नियम अनुसार कार्य सम्पन्न भई भुक्तानी हुन बाकी रहेका योजनाहरूको रकम भुक्तानीका लागि आजैबाट प्रक्रिया थाल्न अनुरोध गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईलाई असार १९ गते नगरप्रमुख साम्पाङले मागेको  स्पष्टीकरण नियम सङ्गत नभएका भन्दै स्पष्टीकरण पत्र खारेज गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ । 
कार्यपालिका सदस्यहरूले पत्रमा विधि विपरीत काम गर्नका निम्ति कर्मचारीलाई आतङ्कित बनाउने कार्य बन्द गरियोस् भन्दै विधिलाई स्थापित गर्न र नगरपालिकाको कामलाई संस्थागत दृढ रहेको जानकारी गराएका छन् ।
karyapalika-sadsya-dhyanaka