धरान : कोशी प्रदेश स्तरीय विवाहित महिलाहरूको फेशन शो मिसेस स्टेट २०२५ सिजन-३ विजेताको ताज (क्राउन) मञ्जु गुरुङले पहिरिएकी छन् ।

बिहीबार साँझ धरान-१६ गुरुङ विविक्यु पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालेमा प्रतियोगीताका १७ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले मिसेस स्टेटको उपाधि जितेकी हुन । ताजसँगै मिसेस व्युटिफुल र वेस्ट स्माइल टाइटल अवार्ड समेत मञ्जु गुरुङले हात पारिन् ।

विजेता अन्जुले नगद ५१ हजार रुपैयाँ, ट्रफि, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफको इन्स्योरेन्स प्राप्त गरेकी छन् । उनलाई मिसेस स्टेट सिजन टुका विजेता पुष्पा फोम्वो र मुख्य निर्णायक पूर्व मिस नेपाल उषा खड्गीले ताज पहिराएका थिए ।

डव्लुडव्लुजी वुमन्स वर्थ ग्रुप द्वारा आयोजित प्रतियोगितामा फस्ट रनरअप ममता शाह घोषित भइन् । उनले क्राउन, ट्रफि, नगद २५ हजार र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । सेकेन्ड रनरअप सुनिता श्रेष्ठ घोषित भइन । उनले क्राउन सँगै ट्रफि, नगद १५ हजार र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

उपाधि विजेताहरूलाई प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहाल, डब्लुडब्लुजी अध्यक्ष सुजता श्रेष्ठ, उपाध्यक्ष हरि मादेन, सचिव ज्योति राई, सहसचिव छाया श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्रकार, सदस्य विनीता आचार्य, कोरियोग्राफर डिजे ललित राई, पूर्व सेकेन्ड रनरअप रोशनी राई, निरा शङ्करले पुरस्कार वितरण गरे ।

मिसेस स्टेट २०२५ को टाइटल अवार्डमा वेस्ट ट्यालेन्ट मिना गुरुङ, मिसेस पर्सनालिटि पूजा गच्छेदार, मिसेस फोटोजेनिक ममता शाह, मिसेस फ्रेन्डसिप सृष्टि राई, वेस्ट वक रिङकी शाह गुप्ता, मिसेस एक्टिभ अस्मिता भुजेल, मिसेस पब्लिक च्योइस सृष्टि राई, मिसेस डिसिप्लिन राधा राई र मिसेस इन्स्पीरेसन अवार्ड सुनिता श्रेष्ठले हासिल गरेका छन् ।

मिसेस स्टेट सिजन-३ को मुख्य निर्णायक पूर्व मिस नेपाल उषा खड्गी सँगै पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, बिपी प्रतिष्ठानका नाक कान घाँटी विभाग प्रमुख सङ्गीता भण्डारी, लायन्स इन्टरनेसनलका डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी, नेपाल उद्योग परिसंगका प्रदेशका उपाध्यक्ष गरिजा सारडा थिए ।