धरान : म्याद गुज्रेको औषधि विक्री गरेको अभियोगमा धरान–१२ छाता चोकको बालाजी मेडिकल हलका सञ्चालक सतिसकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले जनाए अनुसार बिहीबार उपभोक्ताबाट उजुरी परेपछि मेडिकल सञ्चालक अग्रवाललाई नियन्त्रणमा लिइएको हो ।
उपभोक्ता प्रजितकुमार राईले उक्त मेडिकलबाट खरिद गरेको औषधि म्याद गुज्रिएको भेटेपछि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा मेडिकल सञ्चालक अग्रवाल र उजुरीकर्तालाई थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी भीषण बाबु राईले जानकारी दिएका छन् ।