धरान : दोस्रो संस्करणको ‘मिसेस स्टेट १’ प्रतियोगिताको ताज धरानकी पुष्पकला फोम्बोले जितेकी छन् ।
वुमन वर्थ गु्रपद्वारा आयोजित धरानमा शुक्रबार राती सम्पन्न फाइनल प्रतिस्पर्धामा १५ प्रतिस्पर्धीलाई पछि पार्दै फोम्बोले ताज जितेकी हुन् । फोटोजेनिक टाइटल समेत जितेकी उनले नगद १ लाख रुपैयाँ हात पारिन् । उनलाई पहिलो संस्करणकी विजेता सम्झाना घतानीले ताज पहि¥याई दिएकी थिइन् । मुख्य निर्णायक मिस नेपाल २०१३ की इसानी श्रेष्ठले ‘तपाई एक विवाहित नारी भएर नेपाली समाजमा के परिवर्तन ल्याउन सक्नु हुन्छ ? जुन अविभाहित नारीले गर्न सक्नुहुन्न ? भन्ने प्रश्नको जवाफ दिदै फोम्बोले दोस्रो संस्करणको ताज पहिरिन सफल भइन् । त्यसैगरी, फष्ट रनरअप इटहरीकी ज्वती झा बन्दा र धरानकी रोश्नी राई सेकेण्ड रनरअप बनिन् । उनीहरुले नगद ५० हजार र २५ हजार रुपैयाँसहित क्राउन जिते । झाले बेष्ट ड्रेस र बिउटिफुलको टाइटल पनि जितिन् भने राईले बेष्ट हस्पिटालीटीको टाइटल जितेकी थिइन् ।

त्यस्तै, बेष्ट क्याटवाक क्यूसा राई, बेष्ट फेण्डसिप सोनु राई, बेष्ट स्माइल मन्दिरा भुजेल, बेष्ट पर्सनालिटी सरला लकान्द्री, बेष्ट डिस्प्लीन नम्रता तामाङ, बेष्ठ पोलाइट सरस्वती सुयल, बेष्ठ ट्यालेन्ट पुजा आङदेम्बे घोषित भइन् । त्यस्तै, मिसेस भ्यूवर च्यावइज नम्रता तामाङ नै घोषित हुदै नगद ५ हजार रुपैयाँ पाइन् । प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथी धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, मुख्य निर्णायक मिस नेपाल २०१३ की इसानी श्रेष्ठ, वुमन ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्राकारलगायतले नगद, ट्रफी, गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । मुख्य मिस नेपाल २०१३ की श्रेष्ठसहित प्राध्यापक किशोर थुलङ, संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख एसएसपी सरद खत्री, नेपाली सेनाका मेजर अभिषेक सिंह, बीपी प्रतिष्ठानका चिकित्सक सुचना मरता रहेका थिए । फाइनलका १६ प्रतिस्पर्धीबाट उत्कृष्ठ १०, उत्कृष्ठ ५ हुदै विजेता छनौट गएिको थियो । गत माघ १९ गतेको अडिसनदेखि तीन हप्ता बन्द प्रशिक्षणमा राखेर विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।






![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































