इटहरी : इटहरी उपमहानगरपालिकाले सुरु गरेको टेङ्ग्रा खोला उत्खनन तथा सरसफाइ अभियान स्थगित भएको छ । उच्च अदालत विराटनगरले यस अघि नै अन्तरिम आदेश दिएर निजी जग्गाको क्षेत्रमा सरसफाइ गर्ने रोक लगाएको हो ।

उपमहानगरपालिकाको कदम विरुद्ध परेका १० वटा निवेदन उपर सोमबार उच्च अदालत विराटनगर बहस भएको हो । प्रेम प्रसाद रिजाल समेतको निवेदनको आधारमा नापी कार्यालय इनरुवाबाट टेङ्ग्रा खोलाको नापी नक्सा र ट्रेस नक्सा झिकाउन आदेश भएको छ ।

न्यायाधीशहरू श्रीधरा कुमारी पुडासैनी र नरेश कुमार चौधरीको इजलासले खोलाको साबिक र हालको श्रेस्ता झिकाउन आदेश भएको छ । पुनः वैशाख ३१ गतेलाई पेशी तोक्दै त्यस समय सम्म अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने आदेश भएको छ ।

sunsari-adalat