धरान : भारतले जनसङ्ख्याको मामिलामा चीनलाई पनि पछि पारेको छ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार भारत अहिले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ। भारतको जनसङ्ख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको छ भने चीनको जनसङ्ख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको छ। चीनको भन्दा भारतको जनसङ्ख्या अहिले २९ लाख बढी रहेको छ।

सन् १९५० पछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो।

संयुक्त राष्ट्रसङ्घले गत वर्ष भविष्यवाणी गरेको थियो कि अर्को वर्ष भारतले जनसङ्ख्याका आधारमा चीनलाई उछिनेको छ।

यसै सन्दर्भमा एनएफपीएको 'द स्टेट अफ वर्ल्ड पोपुलेसन रिपोर्ट, २०२३' ले बुधवार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनको नाम '८ बिलियन लाइभ्स, इन्फिनिट पोसिबिलिटीजः द केस फर राइट्स एन्ड च्वाइस' रहेको छ। यी तथ्याङ्कहरू ‘जनसाङ्ख्यिक सूचकहरू’को श्रेणीमा दिइएको छ।

गत वर्ष चीनको जनसङ्ख्या चरम सीमामा पुगेको र अहिले घट्न थालेको प्रतिवेदनमा स्पष्ट उल्लेख छ।

योसँगै भारतको जनसङ्ख्या पनि बढिरहेको छ। यद्यपि भारतको जनसङ्ख्या वृद्धिदर पनि सन् १९८० पछि घट्दै गएको देखिन्छ। यसको अर्थ भारतको जनसङ्ख्या बढ्दै गएको छ तर पहिलेको तुलनामा अहिले यसको दर घटेको छ।

भारतमा जनसङ्ख्या वृद्धि हुनुमा तीन वटा प्रमुख कारण छन् । पहिलो शिशु मृत्युदरमा कमी आउनुको अर्थ एक वर्ष मुनिका बालबालिकाको मृत्यु घट्दै गएको छ। दोस्रो नवजात शिशु मृत्युदरमा कमी आएको छ अर्थात् २८ दिनसम्मका बालबालिकाको मृत्युदरमा कमी आएको छ। तेस्रो ५ वर्षमुनिको मृत्युदर घट्नु नै हो।

- एजेन्सी