धरान:सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
अध्यक्षमा यसअघि चर्चा भएअनुसार नै २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका विजय श्रेष्ठ र द्धितिय उपाध्यक्ष गिरीधारी सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, ८ जना वाणिज्य सदस्यको पदमा १६ जनाको उम्मेदवारी परेको छ । वाणिज्यमा उम्मेदवारी दिनेहरुमा मनोज श्रेष्ठ, मानबहादुर विश्वकर्मा, काजी गिरी, सशी साह, सीताराम आचार्य, दिनेश राई, अशोक जैन डाँगा, राजेश अग्रवाल, रंजित चौधरी, उपेन्द्र चाम्लिङ, प्रेमप्रसाद पराजुली, नविन राजभण्डारी, केशव श्रेष्ठ, शैलेशकुमार आचार्य(प्रमोद), अंकित अग्रहरी र जयप्रकाश शर्मा छन् ।

यस्तै, एक जनाको कोटा रहेको वाणिज्य महिला सदस्यमा ममता शाक्य र शुभेच्छा अधिकारी(श्रेष्ठ)को उम्मेदवारी परेको छ भने ४ जनाको पद रहेको उद्योग सदस्यतर्फ ८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्नेहरुमा अनुप देवान, राजकुमार निरौला, राजकुमार राई, रोजन रनपैली, विष्णु वराल, पियुष राज आचार्य, प्रभाव खतिवडा र महेन्द्र प्रधान छन् । यस्तै, ३ जनाको पद रहेको एशोसिएटमा अनिलकुमार अग्रवाल, राजेश अग्रवाल गोयल, राजु साह, गोपाल श्रेष्ठ, रोहन हाँडा र किसन मास्के गरी ६ जनाको उम्मेद्वारी परेको छ ।
निर्वाचन उपसमितिले उम्मेद्वारी मनोनयन दर्ता गरेको नामावाली प्रकाशन गरिसकेको छ । साढे ४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोधको समय छुट्याइएको छ । साँझ ५ बजे पुनः उम्मेद्वारीको पुनः नामावली प्रकाशन गरिनेछ भने मंगलबार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तालिका रहेको निर्वाचन उपसमितिले जनाएको छ । संघको निर्वाचन जेठ २७ गते हुदैछ

वस्तुगत र उद्योग महिलामा निर्विरोध
अध्यक्ष पदसहित अन्य सदस्य पदमा आकांक्षी धेरै भएर मतदान हुने निश्चित प्रायः भएपनि वस्तुगत र उद्योगतर्फको महिला सदस्यमा भने निर्विरोध चयन भएको छ । वस्तुतगततर्फको २ जनाको सदस्य पदमा शिवराज श्रेष्ठ र रामस्वरुप शर्मा निर्विरोध भएका छन् भने उद्योगको महिलातर्फ एलिना मगर निर्विरोध भएकी छिन् ।










































































