अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना चिफ अफ स्टाफु ले यो वर्षको अन्त्यसम्ममा जागीर छोड्ने बताएका छन्। जेनरल जन केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको खबरहरू आएका थिए। ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त गरेका थिए। अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जर्नेल केलीसँग ट्रम्पको सम्बन्ध पछिल्लो समय बिग्रिएको खबरहरू आएका छन्।
एजेन्सी
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































