इटहरी : नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले आफ्नै वडामा मात्र खटेर काम गर्न निर्देशन दिएका छन् । फाल्गुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा आआफ्नो वडा र क्षेत्रमा मात्र सक्रिय हुन आग्रह गरे । 
विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले घरघरमा गएर काँग्रेसको पक्षमा मत माग्न निर्देशन दिए ।
काँग्रेस संवादमा विश्वास गर्ने पार्टी भएकाले रिसाएका नागरिकलाई काँग्रेसले लिएको सङ्कल्पको बारेमा बुझाउन आग्रह गरे । 
काँग्रेसले आगामी ५ वर्ष नेतृत्व गर्दा के गर्ने भन्ने बारेमा स्पष्ट खाका रहेको सभापति थापाले सुनाए । काँग्रेसले नेतृत्व गर्दा एउटा व्यक्तिमा मात्र नभएर समग्र टिमले एकै पटक मेहनत गर्ने बताए ।