धरान : धरान–१५ स्थित हिबिस्कस इङ्लिस स्कुलको अभिभावक दिवस कार्यक्रममा कक्षा नर्सरी देखि ९ सम्मका उत्कृठ अङ्क ल्याउने ३६ विद्यार्थी पुरस्कृत भएका छन् । भने अभिभावक दिवसकै अवसरमा सञ्चारकर्मी जनक ऋषि राई तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका ४ जनालाई सम्मानित गरिएको हो ।
सञ्चार कर्म गरेका राई नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष समेत हुन । उनलाई सञ्चार क्षेत्रबाट स्कुलको प्रचार–प्रसारमा योगदान गरेको भन्दै नगद १० हजार सहित दोसल्ला र सम्मान पत्रले शुक्रबार सम्पन्न अभिभावक दिवसमा सम्मान गरिएको छ ।
कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने नर्सरीदेखि कक्षा–९ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरू साथै शैक्षिक,अनुशासन,अतिरिक्त क्रियाकलाप प्रतिभालाई आधार मान्दै ३६ जना विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
त्यसै गरी समाजसेवी कान्तादेवी श्रेष्ठ, ब्लड फर निडका केन्द्रीय कोषाध्यक्ष प्रकाश गिरि, श्याम चोक युवा समाजका अध्यक्ष ललित योन्जन तथा श्याम चोक अस्थायी प्रहरी चौकीका इन्चार्ज गुलावचन्द सरदार सम्मानित भए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि किरण कुमार राईले आफ्ना छोराछोरीले कस्तो शिक्षा लिइरहेका छन् भन्ने विषयमा अभिभावकले निरन्तर चासो राख्नुपर्ने बताए। उनले हिबिस्कस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रमका विशेष अतिथि धरान–१५ का वडाध्यक्ष नरेश इबारमले हिबिस्कस स्कुल शैक्षिक गुणस्तरसहित विभिन्न गतिविधिमा अब्बल रहेको बताए। स्कुलका सल्लाहकार पवन झाले छोराछोरीहरूको पढाइ प्रति चासो राख्न र रेखदेख गर्न आग्रह गरे।
त्यस्तै ब्लड फर निडका केन्द्रीय कोषाध्यक्ष प्रकाश गिरिले मानिसको शरीरमा अनावश्यक रगत हुने भएकाले रक्तदानमार्फत जीवन बचाउन सकिने बताउँदै अभिभावकहरूलाई रक्तदान गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले गुणस्तरीय शिक्षा,अभिभावक–विद्यालय सहकार्य र विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिए। विद्यालयले शैक्षिकसँगै अनुशासन, संस्कार र सृजनशीलतालाई प्राथमिकतामा राखेर पठनपाठन गराउँदै आएको बताए ।
अभिभावकको तर्फबाट बबिना राई ,स्कुलकी प्रिन्सिपल पार्वती लिम्बुले स्वागत मन्तव्य व्यक्त गरिन् भने शिक्षिका तथा प्राइमरी इन्चार्ज गीता राईले स्कुल यहाँसम्म आइपुग्न अभिभावकहरूको ठुलो योगदान रहेको बताउँदै धन्यवाद समेत ज्ञापन गरिन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, धरान इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नेत्र जिमी लगायत शिक्षक,अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नयनराज राई विद्यार्थीहरू,स्थानीय व्यक्तिहरूको उल्लेख्यले उपस्थिति रहेको थियो ।
अभिभावक दिवसमा अभिभावक तथा विद्यार्थीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।, विद्यार्थीहरूले गीत, नृत्य, र्याम्प वाक तथा फेसन शो प्रस्तुत गरी अभिभावकहरूलाई मनोरञ्जन प्रदान समेत गरेका थिए।



































































