धरान : धरान–११ स्थित अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति रिकेश विश्वकर्माको अध्यक्षतामा गठन भएको छ।
आइतबार शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काको संयोजकत्वमा सम्पन्न भेलाले विश्वकर्माको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो। समितिको सदस्यमा सूर्यबहादुर विक, अमृता श्रेष्ठ, लक्ष्मी भूजेल (तामाङ) र मनिता रसाइली चयन भएका छन्।
यस्तै, धरान–११ का वडाध्यक्ष लोकेन्द्र कुमार फागु पदेन सदस्य रहेका छन् भने शिक्षक प्रतिनिधिका रूपमा दिविन्द्रबहादुर कटुवाल चयन भएका छन्। विद्यालयकी प्रधानाध्यापक सर्मिला तामाङ सदस्य-सचिवको जिम्मेवारीमा रहनेछिन्।
यसैगरी, शिक्षक-अभिभावक संघ भीमप्रसाद राईको अध्यक्षतामा गठन भएको छ।


































































