यो लेखमा थोरै सङ्ख्यामा भए पनि नेपालमा गुणस्तरीय विदेशी पर्यटक आउने केही पर्यटकीय क्षेत्रहरूका सम्बन्धमा लेखिएको छ । जुन क्षेत्रहरू नेपाल सरकारले विगत लामो समयदेखि नियन्त्रित तथा निषेधित क्षेत्र भनेर घोषणा गरेको छ । त्यस्तै गरेर त्यसरी नेपाल सरकारले विगत लामो समयदेखि नियन्त्रित तथा निषेधित क्षेत्र भनेर घोषणा गरेको छ क्षेत्रमा निश्चित सर्तहरूसहित विदेशी पर्यटकलाई भ्रमण गर्न दिने गरेको छ । त्यसमा प्रवेश शुल्क पनि सामान्य पदयात्रा माग (ट्रेकिङ रुट) मा भन्दा केही बढी नै तोकिएको छ । जे होस्, सो सम्बन्धमा तल छोटकरीमा चर्चा गरिने छ ।
जस्तै १) ताप्लेजुङ जिल्लाको कञ्चनजङ्घा क्षेत्र, २) सङ्खुवासभा जिल्लाको मकालु क्षेत्र, ३) सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिको वडा नम्बर ५ मा पर्ने नाम्पा ला पास, ४) दोलखा जिल्लाको लामाबगर क्षेत्र, ५) रसुवा जिल्लाको रसुवागढी क्षेत्र, ६) गोरखा जिल्लाको मनास्लु क्षेत्र, ७) गोरखा जिल्लाकै चुम र नुब्री उपत्यका र मनास्लु क्षेत्र, ८) मनाङ जिल्लाको नार र फु क्षेत्र, ९) मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङ अर्थात् ल्हो मन्थाङ क्षेत्र, १०) डोल्पा जिल्लाको माथिल्लो डोल्पा क्षेत्र, ११) डोल्पा जिल्लाकै तल्लो डोल्पा क्षेत्र, १२) मुगु जिल्लाको मुगु, मुचु, माङ्ग्री लगायत मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने सबै क्षेत्र, १३) हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका, नाम्खा गाउँपालिका र चंखेली गाउँपालिका केही क्षेत्रहरू, १४) बझाङ जिल्लाको साईपाल गाउँपालिकाका सबै क्षेत्र, १५) दार्चुला जिल्लाको ब्यास गाउँपालिकाका वडा नम्बर १ मा पर्ने सबै क्षेत्र ।
माथिका १५ वटा निषेधित क्षेत्रमध्ये ताप्लेजुङ जिल्लाको कञ्चनजङ्घा हिमालको दुवै क्षेत्र साउथ बेस क्याम्प श्रीजंगा गाउँपालिका पर्ने र नर्थ बेस क्याम्प फक्ताङलुङ पालिकामा पर्ने एवम् ताप्लेजुङ जिल्लाकै मिक्वाखोला गाउँपालिका ५ मा पर्ने पापुङ र तोप्केगोला क्षेत्रको भ्रमण गर्न चाहने विदेशी पर्यटकले भने प्रति हप्ता प्रति पर्यटक पहिलो ४ हप्ताको २० अमेरिकी डलरका दरले अलग्गै शुल्क लिने गर्छ, नेपाल सरकारले । तर ४ हप्ताभन्दा बढीको समय लागेमा चाहिँ प्रति हप्ताको एक जना पर्यटकले हप्ताको २५ अमेरिकी डलर शुल्क तिर्नुपर्छ । त्यस्तै गरेर सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा पर्ने १ र ५ वडा क्षेत्र र सङ्खुवासभाकै मकालु गाउँपालिकामा पर्ने ४ नम्बर वडा क्षेत्रको भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट पनि सरकारले प्रति पर्यटक ४ हप्ताको २० अमेरिकी डलर नै शुल्क लिने गर्छ भने, ४ हप्ताभन्दा बढीको समय लागेमा प्रति हप्ता प्रति पर्यटक २५ अमेरिकी डलर नै अतिरिक्त शुल्क तिर्नु पर्छ पर्यटकले ।
निषेधित क्षेत्र तोकिएको सोलुखुम्बु जिल्लाको हकमा पनि त्यही नियम लागू हुन्छ । भनाइको मतलब सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिको वडा नम्बर ५ मा पर्ने नाम्पा ला पास क्षेत्रमा भ्रमण गर्न चाहने विदेशी पर्यटकले भने भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट पनि सरकारले प्रति पर्यटक ४ हप्ताको २० अमेरिकी डलर शुल्क लिने गर्छ भने, ४ हप्ताभन्दा बढीको समय लागेमा प्रति हप्ता प्रति पर्यटक २५ अमेरिकी डलर नै शुल्क तिर्नु पर्छ। त्यस्तै गरेर दोलखा जिल्लाको लामाबगर क्षेत्रको भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट पनि सरकारले प्रति पर्यटक ४ हप्तासम्मको २० अमेरिकी डलर शुल्क लिने गरेको छ भने रसुवा जिल्लाको निषेधित क्षेत्रभित्र पर्ने रसुवागढी क्षेत्रमा भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट पनि सरकारले प्रति पर्यटक ४ हप्तासम्मको २० अमेरिकी नै डलर शुल्क लिने गरेको छ, अहिलेसम्म । पर्यटकले सो भन्दा बढी दिन भ्रमण गर्न चाहेमा हुने ? केही खुलाइएको छैन, अध्यागमन सम्बन्धी ऐन, नियम, कार्यविधि एवम् कार्यादेशमा ।
साथै गोरखा जिल्लाको मनास्लु क्षेत्रको चुमनुब्री गाउँपालिकाको १, २, ३, ४ नम्बर वडाको भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म प्रति पर्यटक एक हप्ताको एक सय अमेरिकी डलर शुल्क लिने गरेको छ। त्यसपछि हरेक हप्ताको प्रति पर्यटक १५ अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ । त्यस्तै सो क्षेत्रमा डिसेम्बर महिनादेखि अगस्ट महिनासम्म भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट चाहिँ सरकारले प्रति पर्यटक एक हप्तासम्मको ७५ अमेरिकी डलर शुल्क लिने गरेको छ भने, त्यसपछि प्रतिदिन प्रति पर्यटक १० अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ ।
एवम् प्रकारले गोरखा जिल्लाकै चुम उपत्यका क्षेत्रको सिर्दिबास, लोक्पा, चुम्लिङ, छेकम्पार, निले र चुले क्षेत्रको भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट चाहिँ सरकारले सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म एक हप्ताको प्रति पर्यटक ४० अमेरिकी डलर शुल्क लिनेगर्छ भने एक हप्ताभन्दा माथिको प्रति पर्यटक एक दिनको ७ अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ। साथै गोरखा जिल्लाकै चुमनुब्री गाउँपालिकाको ३, ६ र ७ नम्बर वडाको सबै क्षेत्रमा भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट चाहिँ सरकारले सेप्टेम्बर महिनादेखि अगस्ट महिनासम्मको एक हप्ताको प्रति पर्यटक ३० अमेरिकी डलर शुल्क लिने गर्छ । त्यस्तै एक हप्ताभन्दा माथिको प्रति पर्यटक एक दिनको ७ अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ । उता मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाको १ देखि ५ वटासम्मका सबै क्षेत्र र, नासोँ गाउँपालिकाको ६ र ७ नम्बर वडामा पर्ने सबै क्षेत्रको भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट सेप्टेम्बर महिनादेखि अगस्ट महिनासम्मको सरकारले प्रति पर्यटक एक हप्तासम्मको एक सय अमेरिकी डलर शुल्क लिने गरेको छ भने, त्यसपछि प्रति दिन प्रति पर्यटक १५ अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ, सरकारले । त्यस्तै गरेर सो क्षेत्र डिसेम्बर महिनादेखि अगस्ट महिनासम्म भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट सरकारले प्रति पर्यटक एक हप्तासम्मको ७५ अमेरिकी डलर शुल्क लिने गरेको छ भने, त्यसपछि प्रति दिन प्रति पर्यटक १५ अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ ।
एवम् प्रकारले मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङ अर्थात् ल्हो मन्थाङमा भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट चाहिँ सबै मौसम (बाह्रै काल) मा सरकारले प्रति पर्यटक १० दिनको पाँच सय अमेरिकी डलर शुल्क लिने गरेको छ भने, त्यसपछि प्रति दिन प्रति पर्यटक ५० अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ । साथै डोल्पा जिल्लाको माथिल्लो डोल्पा क्षेत्रको भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट पनि सबै मौसम (बाह्रै काल) मा सरकारले प्रति पर्यटक १० दिनको पाँच सय अमेरिकी डलर शुल्क लिने गरेको छ भने, त्यसपछि प्रति दिन प्रति पर्यटक ५० अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ । त्यसै गरी तल्लो डोल्पा अर्थात् ‘लोवर डोल्पा’ क्षेत्रको भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट चाहिँ सबै मौसम (बाह्रै काल) मा सरकारले प्रति पर्यटक एक हप्ताको २० अमेरिकी डलर शुल्क लिने गरेको छ भने, त्यसपछि प्रति दिन प्रति पर्यटक ५ अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ, सरकारले । उता मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकाको मुगु, मुचु, माङ्ग्री लगायत १ देखि ९ वटै वडा क्षेत्रमा पर्ने भूक्षयमा भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट पनि सबै मौसम (बाह्रै काल) मा सरकारले प्रति पर्यटक एक हप्ताको एक सय (१००) दिनको पाँच सय अमेरिकी डलर शुल्क लिने गरेको छ भने, त्यसपछि प्रति दिन प्रति पर्यटक १५ अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ, सरकारले, मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने सबै क्षेत्र ।
त्यसै गरी हुम्ला जिल्लाको सिमिकोट गाउँपालिकाका १, ६ र ७ वडाका सबै क्षेत्र, नाम्खा गाउँपालिकाका १ र ६ वडाका सबै क्षेत्र र, चंखेली गाउँपालिकाका ३ र ५ वडाका सबै क्षेत्रमा भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट सबै मौसम (बाह्रै काल) मा सरकारले प्रति पर्यटक प्रति हप्ता ५० अमेरिकी डलर लिने गरेको छ । त्यसपछि प्रत्येक दिनको प्रति पर्यटक १० अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ, सरकारले । एवम् बझाङ जिल्लाको साईपल गाउँपालिकाका सबै क्षेत्र (१ देखि ५ वडासम्मै) मा भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट सबै मौसम (बाह्रै काल) मा सरकारले प्रति पर्यटक प्रति हप्ता ९० अमेरिकी डलर लिने गरेको छ । त्यसपछि प्रत्येक दिनको प्रति पर्यटक १५ अमेरिकी डलर अतिरिक्त शुल्क लिने गरेको छ, सरकारले । त्यस्तै गरेर दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सबै क्षेत्रमा भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट पनि सबै मौसम (बाह्रै काल) मा सरकारले प्रति पर्यटक प्रति हप्ता ९० अमेरिकी डलर लिने गरेको छ भने त्यसपछि प्रत्येक दिनको प्रति पर्यटक १५ अमेरिकी डलर नै अतिरिक्त शुल्क लिने गरेको छ।
यसरी हेर्दा सरकारलाई केही बढी राजस्व आई रहेको र पर्यटन व्यवसायी त्यसमा पनि ट्रेकिङ एजेन्सी चलाउनेहरू र, ट्रेकिङ मजदुरहरूले अलि लामो सयसम्म रोजगारी पाउने गरेका देखिने माथिका १५ निषेधित तथा नियन्त्रित क्षेत्रहरू जो छन् नेपालमा, ती मध्ये माथिल्लो मुस्ताङ अर्थात् ल्होमन्थाङमा सन् २०२३ मा १,१९८ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२४ चाहिँ ५,६१४ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गर्न आएका थिए । त्यस्तै गरेर मनास्लु क्षेत्रमा चाहिँ सन् २०२३ मा ३,०९४ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२४ चाहिँ १२,८१० जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । स्मरण रहोस्, सन् २०२३ र सन् २०२४ मा गोरखा जिल्लाको मनास्लु क्षेत्र, चुम र नुब्री उपत्यकाका सबै क्षेत्रको भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्याङ्क हो, माथि उल्लेख गरिएको तथ्याङ्क । बाँकी निषेधित क्षेत्रमा सन् २०२३ र सन् २०२४ मा भ्रमण गर्न आएका विदेशी पर्यटनको सङ्ख्या हेर्दा त्यति सन्तोष जनक रहेको देखिँदैन । जस्तै विश्वकै तेस्रो अग्लो हिम चुचुरो रहेको कञ्चनजङ्घा क्षेत्रमा सन् २०२३ मा ४०५ जना र सन् २०२४ मा १९०२ जना विदेशी पर्यटक भ्रमण गर्न आएको तथ्याङ्क रहेको छ । त्यस्तै गरेर हुम्ला क्षेत्रमा सन् २०२३ मा १७८ जना र सन् २०२४ मा १०४५ जना विदेशी पर्यटक मात्रै भ्रमण गर्न आएको देखिन्छ । साथै माथिल्लो डोल्पामा पनि सन् २०२३ मा १४५ जना र सन् २०२४ मा ६५७ जना विदेशी पर्यटक मात्रै भ्रमण गर्न आएको देखिन्छ तथ्याङ्कमा ।


































































