धरान : तमोर नदीमा जिप खसेर भएको दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । ६ जना घाइतेको उद्धार भएको छ ।
ताप्लेजुङबाट धरान जाँदै गरेको मे १ ज ३०५५ को जिप आज बिहान पाँचथरको कुम्मायक-३ कात्तिकेबाट तमोर नदीमा खसेको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तीन जना पुरुष र तीन जना महिला रहेको पाँचथर प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरे ।
अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये एक जना ८ वर्षीय बालक रहेको खुलेको छ ।
घाइतेहरूको उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै गरेको धरान स्थित प्रहरी स्रोतले जनाएको छ ।