धरान : जेन-जी प्रदर्शनको क्रममा भदौ २३ र २४ गते प्रहरीको हातहतियार खोसेर लैजानेहरूले असोज मसान्त भित्र बुझाउनेलाई सम्मान गरिने तथा त्यस पछि कानुनी कारबाही गरिने सार्वजनिक सूचना गृह मन्त्रालयले जारी गरेको छ ।

काठमान्डु लगायत मुलुकको विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कसैले फेला पारेर असोज मसान्त सम्म बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयद्वारा बिहीबार जारी सूचनामा जनाइएको छ ।

सूचनामा उक्त मिति भित्र नबुझाई अटेर गरेर बस्नेलाई त्यस भन्दा पछि हराएका हातहतियार, खरखजाना फेला परेमा कानुन बमोजिम कारबाही हुने कुरा जानकारी गराइएको छ ।

Nepal Police