इटहरी : इटहरी उपमहानगरपालिकामा आगलागी पछि शून्यता छाएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको आगलागीमा उपमहानगरपालिकाको मेयर कक्ष सहित चार वटा भवन जलेर नष्ट भएका छन् ।
दमकल, इन्फ्रास्ट्रक्चर  एम्बुलेन्स, नगर प्रहरी भ्यान, मेयर उपमेयरले प्रयोग गर्ने गाडी लगायत संरचना काम नलाग्ने अवस्थामा पुगेका हुन् । 
घर नक्सा शाखा, लेखा शाखा, राजस्व, शाखा, सामाजिक शाखा, प्रमुख प्रशासकीय अधिकृत र उपमेयर कक्ष लगायत प्रशासनिक भवनमा पूर्ण रूपमा क्षति भएको छ ।
सोही आन्दोलनको क्रममा मेयर हेम कर्ण पौडेलको घर सहित इलाका प्रहरी कार्यालय इटहरी, राजस्व अनुसन्धान, यातायात व्यवस्था कार्यालय, प्रदेशसभा भवन, उच्च अदालत विराटनगर लगायतमा आगजनी भएको थियो ।
फोटो फिचर:
zen1itahari-2itahari-4
itahari 8
itahari 7
ithari-5