धरान : सुनसरी जिल्ला प्रशासनले धरान, इटहरी उपमहानगरपालिका र इनरुवा र दुहबी नगरपालिकामा आज बिहीबार दिउँसो देखी भोली शुक्रवार बिहान सम्म कर्फ्यु आदेश जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठद्वारा आज बिहीबार जारी कर्फ्यु /निषेधाज्ञामा आज दिउँसो १ बजे देखी ५ बजे सम्म र राती ९ बजे देखी भोली शुक्रवार बिहान ६ बजे सम्म कर्फ्यु लागु हुने बताइएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी भएको हो । कर्फ्युको अवधिमा उल्लेख गरिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
आदेशमा तोकिएको समय तालिका बाहेकका अन्य समयमा सर्वसाधारणहरूको दैनिक उपभोग्य वस्तु खरिद तथा अन्य आवश्यक व्यवस्थापनको लागि कर्फ्यु तथा निषेधाज्ञा हटाइएको जनाइएको छ ।
sunsari prasasan