धरान : यस वर्षको एसइई परीक्षाको नतिजा धरानका सामुदायिक स्कुलहरूको निराशाजनक आएको छ । कुल २१ मध्ये १ विशेष शिक्षा, १ धार्मिक माविका कुल १ हजार ११५ जनाले परीक्षा दिएकोमा एउटा स्कुलको नतिजा शून्य आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत चैत ७ देखि १९ गते सम्म एसइई देशभर एकसाथ सञ्चालन गरेको थियो भने परिक्षाको नतिजा असार १४ गते शुक्रबार राष्ट्रिय परिक्षा बोर्डले सार्वजानिक गरेको थियो  ।
धरान उपमहानगरपालिका शिक्षा महाशाखाको तथ्याङ्क अनुसार २१ स्कुलबाट १ हजार ११५ जना परीक्षार्थी मध्ये ५६३ जना मात्र उत्तीर्ण भएका छन् ।५५२ जना अनुत्तीर्ण भए ।विषय लाग्ने विद्यार्थीले पुन परीक्षा दिनुपर्ने छ । 
एसइई परीक्षाका लागि कक्षा १० को बोर्ड परीक्षामा धरानमा सामुदायिक र संस्थागत विद्यालयका  ३ हजार ६० जना परीक्षार्थीले १० वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । सुनसरी जिल्लाबाट कुल ३२१ सामुदायिक र संस्थागतका कुल १३ हजार ६६३ परीक्षार्थीहरू सामेल थिए । 
अभिभावकहरूले धरानका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कक्षा ८ देखी घटेकोले नतिजा खस्किएको बताएका छन् ।
उत्कृष्ट स्कुलहरू : 
सामुदायिकमा पिण्डेश्वर संस्कृत, ल्याबोरेटरी र पब्लिक हाई स्कुल धरान–१२ को नतिजा उत्कृष्ट रहेको छ । धरान–१४ स्थित धार्मिक विद्यालय पिण्डेश्वर संस्कृत माविबाट १४ मध्ये १३ जना उत्तीर्ण भए । धरान-८ स्थित ल्याबोरेटरी माविका १९ जना परीक्षार्थी मध्ये १२ जना उत्तीर्ण भए ।
धरान–१२ स्थित पब्लिक हाई स्कुलबाट २७२ परीक्षार्थी मध्ये २३१ जना उत्तीर्ण भए । साधारण तर्फ २३५ परीक्षार्थी मध्ये १९८ जना र प्राविधिक तर्फ ३७ परीक्षार्थी मध्ये ३३ जना उत्तीर्ण भए र धरान ६ स्थित सरस्वती मावि पानमारा ७६ परीक्षार्थी मध्ये ६२ जना उत्तीर्ण भएको हो । 
शुन्य नजिता देखी ९जना सम्म 
धरान–१४ विजयपुर स्थित पञ्चायत दन्तकाली माविको नतिजा शून्य रहेको छ । उक्त स्कुलबाट १६ जनाले एसइई परीक्षा दिएका थिए ।
धरान–१७ स्थित श्री माध्यमिक विद्यालयबाट २ जना मात्र उत्तीर्ण भए । धरान–१० पञ्चायत माविबाट ३ जना र चन्द्र संस्कृत माविबाट ४ जना मात्र उत्तीर्ण भए । श्री माविबाट २८ जना, पञ्चायतबाट १९ जना र चन्द्र संस्कृतबाट १६ जनाले परीक्षा दिएका थिए ।
धरान–१३ को पब्लिक फुस्रे माविबाट ६ जना, धरान–८ को सहिद स्मृति माविबाट साधारण तर्फ ८ र प्राविधिक धार तर्फबाट १ जना मात्र उत्तीर्ण भए । पब्लिक फुस्रेबाट २२ जना, सहिद स्मृतिबाट ४६ जनाले परीक्षा दिएका थिए । 
अन्य नतिजा यस्तो छ  
धरान–२ शिक्षा निकेतन साधारण तर्फबाट ७४ र प्राविधिक धारबाट ३५ जनाले परीक्षा दिएकोमा साधारण तर्फ ९ र प्राविधिक तर्फ २८ गरी जम्मा ३७ जना मात्र उत्तीर्ण भए । धरान–३ को भानु स्मृतिबाट २१ जना परीक्षार्थी मध्ये १८ जना मात्र पास भए । 
धरान–५ हिमाली माविबाट ५७ मध्ये १२ जना मात्र उत्तीर्ण भए । धरान–११ ज्ञानोदय माविबाट ७५ जना मध्ये १२ जना मात्र, धरान–१५ शिक्षा सदन माविबाट १२३ परीक्षार्थी मध्ये ५० जना मात्र, धरान– १६  शारदा बालिका नमुना माविबाट ५४ मध्ये १६ जना मात्र उत्तीर्ण भए ।
धरान–१७ पञ्चकन्या माविबाट ५२ मध्ये २० जना, धरान–१७ ज्वालामुखीबाट ३६ मध्ये २३ जना, धरान–१९ किरातेश्वर माविबाट २२ जना मध्ये १६ जना, धरान–२० भालढुङा माविबाट ३४ जना मध्ये १७ जना उत्तीर्ण भएका छन् ।
धरान–१५ विशेष स्कुल पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयबाट ४ जना परीक्षार्थीले दिएको परीक्षाको नतिजा आउन बाँकी छ ।School-Result