वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले आइतबार धान प्रवर्द्बनकालागि धान दिवस मनाएको छ । नगरपालिकाले वडा नं १० प्रकाशपुर स्थित नन्दलाल बन्जाराको खेतमा स्थानीय नवदुर्गा कृषि सहकारी संस्थासँग समन्वय गरी रोपाइको कार्यक्रम आयोजना गरेर धान उत्पादन प्रवर्द्बनकालागि राष्ट्रिय धान दिवस मनाएको हो ।
आईतवार असार १५ अर्थात् २२ औ राष्ट्रिय धान दिवसको अवसरमा नगरपालिकाले रोपाई जात्रा गरी धान दिवस मनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।
उक्त कार्यक्रममा स्थानीय कृषकहरूसँग नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य, वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ, पूर्व वडाध्यक्ष महेन्द्र बहादुर खत्री लगायत कार्यपालिका सदस्य  ,वडा सदस्य  तथा कर्मचारीहरू धान रोप्न , बाउसे गर्ने  सहभागी भएका थिए ।
असार १५ लाई  ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा समेत लिने गरिएको छ । खेतमा धान रोपाइँ सँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।  कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । यस वर्षको २१ औँ धान दिवस  ‘ धान  बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता‘ भन्ने नाराका साथ दिएको छ । 
सोही अवसरमा वराहक्षेत्र नगरपालिकाले पनि असार - १५ अर्थात् धान दिवसलाई उत्सवको रूपमा लिएर मनाएको प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।
नगरपालिकाले पनि धान उत्पादनलाई बुद्बि गर्न  चैते धान खेतीलाई प्रबद्बन गर्ने कार्यक्रम ल्याएको छ । धान उत्पादन बढाएर निर्यात बढाउन नगरपालिकाले धान उत्पादन प्रवर्द्बनकालागि सहयोगकालागि धान दिवस कार्यक्रम आयोजना गरेको उनले बताए ।
नगरपालिकाले कृषकलाई उन्नत जातको बिउँ, समयमै रासायनिक मल , सिचाईका योजनालाई प्राथमिकतामा राखेको छ ।कृषकलाई माटोको प्रकार , गुणस्तर, हावापानी अनुकूल खेती गर्ने मल , बीउ र प्राविधिक सेवा उपलब्ध गराउन नगरपालिका लागि रहेको नगर प्रमुख रमेश कार्की बताउँछन् ।
उनी भन्छन्  कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेका छौ । सोही अनुसार बजेट विनियोजन गरेर किसानलाई अधिकतम लाभ हुने कार्यमा हामी लागेका छौ । बजेटको विषयमा अगुवा किसान , कृषि सहकारी , पशु पालन किसान , कृषि समूहसँग समेत छलफल र राय सल्लाह लिएर अगाडि बढेका छौ । धान उत्पादन बढाउन नगरपालिकाले योजना बनाएर उन्नत जातको धान अनुदानमा वितरण , उपकरण, रासायनिक मल वितरणसँगै  चैते धान प्रवर्धन कार्यक्रम , खेती योग्य जमिनमा सिचाइ,  उपकरण र बीउ बिजन कृषकलाई अनुदानमा वितरण गर्दै आइरहेको छौ । 
कृषक मैत्री प्रविधिको प्रयोग गर्दै धान उत्पादनमा बुद्बि गर्न हाम्रो योजना रहेको छ । धान उत्पादनलाई बुद्बि गर्न  चैते धान खेतीलाई प्रबद्बन गर्ने कार्यक्रम ल्याएका छौ। धान उत्पादनमा आत्म निर्भर बन्न नगरपालिकाले कृषकलाई उन्नत जातको बिउँ, समयमै रासायनिक मल , सिचाईका योजनालाई प्राथमिकतामा राखेका नगर प्रमुख कार्कीले बताए ।
नगरपालिकाको कृषि विकास शाखाका अनुसार वराहक्षेत्र नगरपालिकामा ८ हजार हेक्टर जमिनमा किसानले धान खेती गर्ने गरेकाछन् । वार्षिक रूपमा ४८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
नगरमा किसानहरूले वार्षिक रूपमा ४८ हजार मेट्रिक टन धान उत्पादन गर्दा करिब ३२ देखि ३३ हजार मेट्रिक टन धान खाद्य सुरक्षा गर्ने र करिब १५ हजार मेट्रिक टन धान नगरपालिकाबाट  बाहिर निर्यात हुने गरेको छ 
धान उत्पादन बढाउन नगरपालिकाले योजना बनाएर उन्नत जातको धान अनुदानमा वितरण , रासायनिक मल वितरणसँगै  चैते धान प्रवर्धन कार्यक्रम , खेती योग्य जमिनमा सिचाइ,  उपकरण र बीउ बिजन कृषकलाई अनुदानमा वितरण गर्दै आइरहेको छ ।