धरान: धरान रङ्गशालामा जारी प्रथम अन्तर क्लब मदन भण्डारी कप महिला फुटबलको बुधवार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा पटनाली फुटबल क्लबलाई टाइब्रेकरमा पन्छाउँदै फेयर फुटबल क्लब फाइनलमा पुगेको छ । 
टाइब्रेकरमा फेयर फुटबल क्लबले पटनालीलाई २–०गोलले पछि पारेको हो । 
निर्धारित ६० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेर बराबरीमा पुगेको थियो । अतिरिक्त १० मिनेट समयमा पनि दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाई ब्रेकर सुट आउटबाट गरिएको हो ।
यसअघि खेल सकिनु १० मिनेट अघि पटनालीका प्रियङ्का लिम्बुले पहिलो गोल गरेकी थिइन् । प्रतिस्पर्धापूर्ण खेल सकिनु ३ मिनेट बाँकी रहँदा फेयर क्लबकी किरण लिम्बुले १ गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याएकी  थिइन् ।
टाई ब्रेकर सुट आउटमा पटनालीका ४ जनाको प्रहरी बाहिरिनु दुर्भाग्यपूर्ण बन्यो । फेयर फुटबल क्लबकी किरण लिम्बु र आकृति लिम्बुको प्रहार गोलमा परिणत भएपछि फेयर क्लब फाइनलमा पुगेको हो ।
खेलको वुमन अफ द म्याच फेयर क्लबकी किरन लिम्बु घोषित भइन । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगिताको फाइनल खेल शनिवार हुने आयोजक क्लबका अध्यक्ष सागर घिमिरेले बताए ।
प्रतियोगिता सिटी फुटबल क्लबको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ  ।
fair-football
feyar-football