धरान : प्रतिनिधि सभामा भिजिट भिसा काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखको राजीनामाको मागको अडान रहेको रास्वपाले धरानमा बिहीबार हस्ताक्षर सङ्कलन गरेको छ ।
भानुचोक स्थित घण्टाघर परिसरमा सदनसँगै सडकबाट पनि भिजिट भिसाको विरोध गर्न हस्ताक्षर सङ्कलन गरिएको पार्टीका नगर अध्यक्ष सुमन श्रेष्ठले बताए ।
उनका अनुसार १ घण्टामा ५ सय जनाले हस्ताक्षर गरेका छन् ।पार्टीको तेस्रो स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रममा भ्रष्टाचार, बेथिति र मानव तस्करी विरुद्ध  आम नागरिक भावना बुझ्न हस्ताक्षर अभियान गरिएको बताइएको छ ।
visit-visa-1