धरान : नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ६८ औँ राष्ट्रिय कविता महोत्सवमा धरानका युवा कवि शमुएल कोइराला १० उत्कृष्ट कवितामा पुरस्कृत भएका छन् ।

मुलुकभरका प्रतियोगीहरू मध्ये धरान-८ का विश्वकर्मा र उनको कविता ‘नेपाल मेरो घर’ असार ९ गते काठमाण्डौमा भएको समारोहमा पुरस्कृत भएका हुन ।  वाचनका लागि छनौट भएका २५ कविता मध्ये उनी १० उत्कृष्टमा पुरस्कृत भएका हुन ।

अन्य १० जना सर्वोत्कृष्ट कवि र कविताहरूमा कोसी प्रदेशबाट मोरङका कर्ण सञ्जय, सिराहका अविनाश भट्टराई, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईँ, रुकुम पश्चिमका तुलसी केसी, मकवानपुरका मिरमा रमा सुवेदी, ललितपुरकी सन्ध्या महर्जन र चितवनका सिर्जन अविरल पुरस्कृत भएका छन् ।