धरान: नेपाली काँग्रेसको जातीय भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) सङ्घको प्रथम महाधिवेशनले उत्तम सिंह थाङदेनलाई सर्वसम्मत केन्द्रीय अध्यक्ष चयन गरेको छ । 
महाधिवेशनको दोस्रो दिन शनिबार  भएको चुनावी कार्यक्रममा अध्यक्ष थाङदेनको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हो ।
कार्यसमितिमा उपाध्यक्षहरू विवेक योङहाङ, गोमा आङदम्बे, शम्सेर तुम्बाहाम्फे, जापान थेबे, पंच प्रतीक थलङ रहेका छन् ।
महासचिव भवानी विक्रम सम्बाहाङफे छन् । उपमहासचिवहरू चक्र येक्तेन अभिषेक, हेमकुमार आङगला, भेषराज चेम्जोङ, विष्णुकुमार सेन्दाङ लिम्बु, दिलीपकुमार आङबो रहेका छन् ।
कार्यसमिति सदस्यहरू बाबुराम शेर्मा, रगमान थेबे, हस्तकला बेघा वनेम, भीमबहादुर चेम्जोङ, शान्ता नेम्वाङ, मुना आङदेम्बे, ढकलसिंह लिम्बु, प्रमीला जवेगु, सीता योङहाङ, विधान लिम्बु, प्रमेश विक्रम नेम्वाङ, सुजन सुब्बा फागो, अमृता लिम्बु, मोहन कुमार लिम्बु, तुमरान लिम्बु, आलोकहाङ लिम्बु, किस्मत फोम्बो, प्रमीला जवेगु रहेका छन् । 
विधान अनुसार केन्द्रीय अध्यक्षले भूगोल र समावेशी आधारमा थप सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शनिवार महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशनको बन्द सत्रमा कोशी प्रदेशका अरुण कोशी पूर्व लिम्बुवानका ९ जिल्ला र काठमाडौँ उपत्यका सहित १० जिल्ला समितिका प्रतिनिधि पर्यवेक्षक, तदर्थ समितिका पदाधिकारी, सदस्य समेत १०० बढी सहभागी थिए ।
limbu-11 1