धरान : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सङ्घीयताको विकल्प बारे नसोच्न आग्रह गरेका छन् । काँग्रेसका नेताहरू नै विचलित भएर सङ्घीयताको विरोध गरेको भन्दै त्यसमा स्पष्ट हुनुपर्ने बताए । 
नेपाल लोकतन्त्रवादी आदिवासी याक्थुङ सङ्घको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै उनले सङ्घीयता काँग्रेसको विचार भएको सुनाए। अन्य पार्टी भन्दा अगाडि काँग्रेस सङ्घीयता र विकेन्द्रीकरणको पक्षमा उभिएको स्पष्ट पारे । 
पछिल्लो समय गणतन्त्र विरोधी भाष्य निर्माण भएको बताउँदै उनले राजतन्त्र फर्किने कल्पना समेत गर्न नसकिने दाबी गरे । गणतन्त्र व्यवस्था मात्र नभएर यो संस्कार भएको बताए । 
"गणतन्त्र आफ्नो धर्म र जातमा विश्वास गर्दै गर्दा अर्को जात र धर्मको सम्मान भाव आउने व्यवस्था हो । नेपाली राज्यको धर्म न्याय गर्नु, विभेद नगर्नु, सम्मान गर्नु हो । मञ्चमा र मनमा एउटै कुरा स्पष्टताका साथ राख् नसक्नु गणतन्त्र हो । महिला, दलित, जनजाति वा अन्य समुदाय प्रति मञ्चमा जे बोकिन्छ गोप्य कोठामा पनि त्यहीँ भाव विकास हुनु गणतन्त्र हो," उनले भने ।  
नयाँ पुस्ताका साथीहरूमा गणतन्त्रको संस्कार सिकाउन चाहेको बताउँदै उनले कुनै जात वा धर्म वा व्यक्ति एकताको प्रतीक नहुने भनाइ राखे ।
limbu-samelan