धरान: प्रहरीले धरान–१६ का ३० वर्षीय गोपाल राईलाई बिहीबार लागुऔषध सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार राईलाई प्रतिबन्धित औषधी ५६९ चक्की र नगद ३७ हजार रुपैयाँ सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी झापाको टोलीले मकवानपुर हेटौडा–३ का २१ वर्षीय डेबिट लामा र बिर्तामोड–२ का २९ वर्षीय सञ्जय चौधरीलाई मेचीनगर–२ मेची पुलबाट ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रहरी टोलीले उनीहरूबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
यसैगरी गौरा दह–१ का २९ वर्षीय सुजन कन्दङ्वालाई १ ग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय गौरादहले पक्राउ गरेको छ ।