धरान : प्रहरीले धरान-१३ का ३० वर्षीय मिलन लिम्बुलाई आज बिहीबार बिहान लागु औषध सहित पक्राउ गरेको छ ।
लिम्बुलाई अमर हाट प्रहरी चौकीको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रमा डोल ३  हजार ९० क्याप्सुल, डाइसीक्लोमाइन ३ हजार ७० ट्याब्लेट र डाइजेपाम ३० एम्पुल सहित नियन्त्रणमा लिएको हो ।  
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार त्यसै गरी मोरङ कानेपोखरी-४ का  १९ वर्षीय हेमराज बिश्वकर्मा, १८ वर्षीय सुदिप बिश्वकर्मा र   इटहरी–४ का १९ वर्षीय एलेक्स सुबेदीलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
उनीहरूलाई विराटनगर–१५ बाट लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा ३ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रत्रणमा लिएको हो ।  
यसै गरी प्रहरी चौकी गछियाले सुन्दरहरैचा–३ का २७ वर्षीय गोवर्द्धन गुरुङ, २६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, २० वर्षीय विशाल उराँउलाई प्रतिबन्धित औषधी ट्रमा डोल १ हजार ३३० ट्याब्लेट र ब्राउन सुगर १ ग्राम १८ मिलिग्राम सहित पक्राउ गरेको छ । 
त्यसै गरी शिवसताक्षी–८ का २७ वर्षीय सुनिल लिम्बुलाई लागु औषधी ट्रमा डोल १५० क्याप्सुल सहित इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ ।
प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–८ का ३२ अर्जुन राजवंशीलाई ब्राउन सुगर ४ ग्राम ४ मिलिग्राम र लागु औषधी ९ एम्पुल सहित पक्राउ गरेको छ  । 
सोही दिन धनकुटा छथर जोरपाटी गापा–५ बाट २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुनिल लिम्बुलाई लागु औषध सहित पक्राउ गरेको छ । 
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले चेकजाँच गर्दा ब्राउन सुगर २१० मिलिग्राम र निषेधित औषधी ८ क्याप्सुल सहित पक्राउ गरेको हो ।
प्रहरी चौकी हसनापुर भोजपुरको प्रहरी टोलीले हतुवा गढी गापा-९ बाट ब्राउन सुगर ७ सय ५० मिलिग्राम बरामद गरेको छ ।