धरानः काठमाण्डौमा आज बुधवार देखी सुरु भएको ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ प्रतियोगितामा काठमाडौँ महानगरका २० विद्यालयका ३ सय १९ खेलाडीको सहभागी भएका छन् ।
प्रतियोगिता काठमाडौँ–४ वडा कार्यालयको आयोजन, हिमालयन चेस एकेडेमी एचसीएको व्यवस्थापनमा सुरु भएको हो । प्रतियोगितामा गल्र्स र ब्याइजका गरी कुल ६ स्पर्धा हुँदैछ । पहिलो दिन भएको २ चरणका खेलमा कक्षा १ देखि ४ सम्म गल्र्सतर्फ ६ खेलाडीले शतप्रतिशत जित हासिल गरेका छन् ।
पहिलो दिनको खेलमा धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीका सिमरन कार्की र सुप्रिया मोक्तान तथा महेन्द्र माविका आशिका लोप्चनले दुवै खेल जित्दै २–२ अङ्क जोडे । 
ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभको–एजुकेशनल स्कुलका श्रेयांश सापकोटा र अर्णव मानन्धर तथा बाँसबारी माविका खेमराज जैशी र युङ्सेन तामाङले २–२ अङ्क बनाए । 
कक्षा ५ देखि ८ ब्याइजमा आदर्श गुरुङ, नवीन थापामगर, प्रसन्न जैशी, प्रत्युष ज्ञवाली, राजु राईले सुरुआती दुवै चरणमा जिते । गल्र्स तर्फ रोसलिन सुवेदी, आरग्य गुप्ता, समीक्षा नेपाल, अप्सरा खत्री, काश्यपी मैनालीले सफलता हात पारे ।
कक्षा ९ देखि १२ गल्र्समा मायुमी राई, आँचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाईँ, स्मारिका लामा, समीक्षा रपाल, साङ्मेन्दु तामाङले दुवै खेल जिते । ब्याइजमा प्रेम–विक्रम अधिकारी, ओजस अधिकारी, अभिनव पाण्डेले पनि २–२ अङ्क बनाए ।
च्याम्पियनसिपको उद्घाटन वडाध्यक्ष दिनेश महर्जन र राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताका पहिलो च्याम्पियन मोनालिसा खम्बुले गरेका थिए ।
ches-1